काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री बन्न नपाएपछि किन अरुलाई पनि बन्न नदिएको भन्ने प्रश्न उठेको छ ।
आज प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको जारी बहसका क्रममा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले सो प्रश्न उठाएका हुन् ।
आज संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गरेका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधिश जबराले प्रधानमन्त्रीले आफू्ले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने काम किन नगरेको भन्दै प्रश्न गरेका छन् ।
प्रधानन्यायाधिश राणाको प्रश्न थियो- “सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ? पार्टीको नेताको हैसियतले उहाँले आफ्नो (नेतृत्वमा) मात्र बनाउनुपर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ?”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया