काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका ११ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ जना खेलाडी र ८ जना अफिसियल स्टाफ गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले लोकपथलाई जानकारी दिए ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण शुरु गर्नु अघि गरिएको कोरोना परिक्षणमा १९ खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो ।
प्रवक्ता राईले कोरोना देखिएका खेलाडी र अफिसियल होम आईसोलेसनमा रहेका जानकारी दिए । खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरेको छ ।
अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट शुरु हुनेछ ।
बन्द प्रशिक्षणको लागि बोलाइएका खेलाडी
अर्पण कार्की (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), दिप कार्की (गोलरक्षक), किरण कुमार लिम्बू (गोलरक्षक), आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिकचेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, पवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया