११ न्यायाधीशविरुद्ध अर्को खतरनाक ‘खेल’

काठमाडौँ, २२ असोज- डेढ वर्षअघि सर्वोच्च अदालतमा नियुक्त भएका ११ न्यायाधीश हटाउने खेल फेरि सुरु भएको छ । तीन साताअघि नाटकीय रूपमा दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च प्रशासनले खारेज (दरपीठ) गरेकामा त्यसविरुद्ध फेरि अर्को निवेदन परेको हो ।दसैं बिदा सकिएर अदालत खुलेको पहिलो दिन अधिवक्ताद्वय गणेशप्रसाद पाण्डे र श्रवणकुमार श्रेष्ठले दरपीठविरुद्ध दिएको निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा भएको ११ न्यायाधीशको नियुक्ति गैरसंवैधानिक भएको दाबी रिट निवेदनमा गरिएको छ, जबकि एक वर्षअघि नै सर्वोच्चले यो विवादलाई पूर्ण रूपमा टुंग्याइसकेको थियो, कान्तिपुरमा खबर छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?