कर्णालीमा फेसबुक बन्द !

सुर्खेत, १२ चैत- कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारदेखि फेसबुक बन्द गरिने भएको छ । आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी मंगलबारदेखि बन्द गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।‘सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सोमबार पत्र पठाएर मंगलबारदेखि बन्द गरिनेछ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले भने ।मुख्यमन्त्री शाहीले आइतबार कर्णालीको राजधानी सुर्खेतमा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरेर जानकारी लिएका छन् ।यहाँ नेपाल टेलिकम, वल्र्डलिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा काम नगरी फेसबुक चलाइराख्ने गरेको गुनासो आएपछि बन्द गर्न लागिएको पहाडीको भनाइ छ, नयाँ पत्रिकामा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?