सिद्धार्थ बैंकले शुरु गर्‍यो EasyBank सेवा, के-के छन् सुविधा ?

लोकपथ
806
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुविधा उपलब्ध गराउने उद्देश्यले EasyBank को शुरुवात गरेको छ ।

बैंकले नेपाल सरकारद्वारा अघि बढाइएको Digital Nepal अभियान कार्यक्रम अन्तर्गत रहि EasyBank नामको Online Platform सार्वजनिक गरेको हो ।

उक्त EasyBank प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com मा गइ वा सोझै https://easybank.siddharthabank.com लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहेमा डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिनेछ । हाल EasyBank प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकि तथा आफ्नो CRN नं हेर्न सक्ने बैंकले जनाएको छ ।

भ्बकथद्यबलप सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेने बैंकको विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?