काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने बाईप्याप भेन्टीलेटर हस्तान्तरण गरेको छ ।
वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ को विरामीको उपचारका लागि आवश्यक पर्ने ६५ थान बाईप्याप भेन्टीलेटर बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बाईप्याप भेन्टीलेटर हस्तान्तरण गरे ।
उनले विदेशबाट संकलन गरि पठाइने कतिपय सामग्रीहरु पीडित र लक्षित वर्गसम्म पुग्ने नगरेको र कहाँ कसरी प्रयोग भइरहेको छ भन्नेपनि थाह नपाइने गरेको बताए । यो स्वास्थ्य सामग्री राज्यलाई अभिभावक ठानेर राज्य मार्फत् नै आवश्यक ठाउँमा पुगेर सदुपयोग हुने विश्वासका साथ मन्त्रालयलाई दिइएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले उपलब्ध बाईप्याप भेन्टीलेटर जिल्ला अस्पतालहरुमा पनि प्रयोग गर्न सकिने बताए । आवश्यक ठाउँहरुमा तुरुन्त पठाइने उनले बताए ।
बाईप्यापमा अक्सिजन खपत पनि कम हुने उल्लेख गर्दै उनले यसको आवश्यकता रहेको बताए । कोभिड महामारी बाहेक अन्य अवस्थामा पनि यसले काम गर्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया