राष्ट्रिय सभाको आठौँ अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

लोकपथ
70
Shares

काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने तय भएको छ ।

राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएपनि मिति भने तय गरिएको छैन । स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपतिले आइतवार वा सोमवार सम्बोधन गर्ने सम्भावना रहेको छ ।

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहेको छ । तर प्रतिनिधि सभा विघटन भएको कारण यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्न पाएकी छैनन् ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेबाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?