काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा चोलेन्द्र शमशेर राणाले विपक्षी गठबन्धनका तर्फबाट सरकारमा दाबी गर्दा के गल्ती भयो ? भन्दै प्रश्न गरेका छन् ।
आज प्रतिनिधि सभा विघटनको मुद्दामा जारी बहसको क्रममा सरकारी पक्षबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता एवम् पूर्व महान्यायाधिवक्ता अग्नी खरेलसँग सो प्रश्न गरेका हुन् ।
प्रधानन्यायाधिश राणाले वरिष्ठ अधिवक्ता खरेललाई १ सय ४९ जना सांसदसहित शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा के गल्ती भयो ? भन्दै प्रश्न गरेका हुन् ।
“दलबाटै चाहियो कि अरुबाट पनि समर्थन हुन सक्छ । शेरबहादुरले दाबी गर्दा पार्टी, अन्य सदस्य र दलका सांसदसहित १४९ जना लिएर जानुभयो, त्यसमा शेरबहादुरले के गल्ती गर्नुभयो ?” प्रधानन्यायाधिश राणाको प्रश्न रहेको थियो ।
त्यस्तै संविधानको धारा ७६(५) मा दलले सरकार बनाउने जिकिर गर्दै संसदमा स्वतन्त्र हैसियतमा रहेका ४ सांसदको भूमिका के भन्नेबारे समेत प्रश्न गरेका थिए । त्यसैगरी देउवाले धारा ७६(५) बमोजिम सरकारको दाबी गरेको बताउँदै दलकै समर्थन चाहिने भए स्वतन्त्र सांसदको अधिकार के भन्दै प्रश्न गरे । उनले भने- “उपधारा ५ को व्यवस्था, जस्तो अहिले संसदमा ४ जना स्वतन्त्र सांसद हुनुहुन्छ । तर, दलको समर्थन अनिवार्य हुँदा उहाँहरुले अवसर पाउनुभएन ? स्वतन्त्र सांसदको भूमिकामा हुनेहरुले हकमा उपधारा ५ को स्वतन्त्र रुपमा पाउने अवसर दिएको छ । की छैन ? शेरबहादुर देउवाको हकमा दुई पार्टीको हकमा समर्थन भयो अरु स्वतन्त्र रुपमा गए, उपधारा ५ र २ को व्यवस्थामा भिन्नता चाँही के हो ?”
यसैक्रममा वरिष्ठ अधिवक्ता खरेलले दलको समर्थन बिना प्रधानमन्त्रीको दाबी गर्न नपाउने जिकिर गरेका छन् ।
“दलीय समर्थन चाहिने कुरा माओवादी केन्द्रको पत्रले नै भनिसकेको छ । एमालेको सांसदको हकमा दलको पत्र नचाहिने, माओवादी केन्द्रको हकमा पत्र चाहिने कसरी भयो ?” खरेलको प्रश्न थियो ।
असार ९ गते बुधवारबाट जारी संवैधानिक इजलासमा सोमवारबाट सरकारी पक्षको बहस शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया