यस्तो छ बेलायतको पछिल्लो कोरोना अपडेट

लोकपथ
245
Shares

काठमाडौं । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधवार भेटिएका बताइएको छ ।

बेलायतमा पाँच महिनापछि बुधवार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधवार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।

बुधवार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधवार ती सङ्क्रमित भेटिएको बेलायतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो भन्दाअघि बेलायतमा गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । बुधवार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।

केही महिना अघिदेखि सङ्क्रमितहरु घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमितहरु बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?