काठमाडौं । सुशान्त सिंह राजपूतको मृत्यु पछि बलिउड अभिनेत्री रिया चक्रवर्ती सामाजिक सञ्जालमा सक्रिय छैनिन् । बुधवार रियाले एउटा बच्चाको तस्वीर सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् ।
उनले तस्वीर अपलोड गर्दै आफ्नो फ्यानहरुलाई डोनेट गर्न आग्रह पनि गरेकी छिन् । १ वर्षको उक्त बच्चालाई रेयर जेनेटिक डिसअर्डर भएको छ । उनको उपचारकालागी रियाले आग्रह गरेकी हुन् ।
तर सामाजिक सञ्जालमा उक्त पोष्टमा रियाको चर्को आलोचना भएको छ ।
एक यूजरले लेखेका छन् “तिमी गर उसको सहयोग तिमीसँग छ धेरै पैसा” । त्यस्तै ‘सिम्प्याथी क्वीन’, ‘यो बच्चाको पोष्ट शेयर गरेर आफूलाई राम्रो देखाउन सक्दैनो ।’ यस्तै कमेन्हरुको सामना रियाले गर्नु परिरहेको छ ।
भिडियोमा १ वर्षको बालक छन् । बच्चाको उपचार भइरहेको छ । औषधीको लागि बच्चालाई १६ करोड चाहियको छ । सोही कारण रियाले सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया