पूर्व महान्याधिवक्ता खरेलको जिकिर : ‘प्रधानमन्त्रीले कुनै विकल्प नदेखेपछि संसद विघटन गर्नुपर्‍यो’

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ ।

सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरिरहेका छन् ।

यसैक्रममा आज शुरुवाती चरणमा बहस गर्दै पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै विकल्प नरहेको कारण संसद विघटन गर्नुपरेको जिकिर गरेका छन् ।

“७६(२) को सरकार बनाउन सबैलाई अवसर दिइएको थियो । किन बनाउन सक्नुभएन ? त्यसबेला सरकार बनाएको भए अहिले विघटन पनि हुँदैनथ्यो । सबै धारामा केपी शर्मा ओली ? भन्नु पनि पर्दैनथ्यो । अविश्वसाको प्रस्तावसमेत राख्न नसक्ने अनि हरेका धारामा ओली मात्रै भनेर मिल्छ ?”

संवैधानिक इजलासमा अहिले पनि बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?