मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लोकपथ
420
Shares
l;Gw’kfNrf]s,@ c;f/ M l;Gw’kfNrf]s lhNnfsf] d]nDrL gu/kflnsf j8f g+ !! d]nDrL ahf/df . d+unaf/b]lv OGb|fjtL gbLdf cfPsf] af9Lsf sf/0f a’waf/ 8’afg k/]sf] d]nDrL ahf/ . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ ।

बुधवार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची – ११ का दशरथ दनुवारले जानकारी दिए । “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?