देशभरका विभिन्न स्थानमा वर्षा हुदैँ

लोकपथ
126
Shares

काठमाडौं । आज बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?