काठमाडौं । नेपाल विधार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नैनसिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरसको संक्रमण बढिरहेक बेला नेता महरले संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सनट्रेटर, सिलिण्डार, मास्क, ग्लोभ्स, फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटरजस्ता सामग्री हस्तान्तण गरेका हुन्।
सो सहयोगले कोरोना महामारीको चपेटामा परेका बिरामीलाई राहत पुग्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । कांग्रेस युवा नेता महरले सुदूरपश्चिमकै ठूलो उक्त अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।
विभिन्न संस्था र साथीको सहयोगमा सामाग्री जुटाइएको महरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया