क्यानडामा गर्मीका कारण १ सय ३० जनाको मृत्यु, सडक पर्न थाले चिरा

लोकपथ
3.2k
Shares

काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण १ सय ३० जना भन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

क्यानडाका सञ्चार माध्यमका अनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र तातो हावाका कारण मानिसहरुको मृत्यु भएको हो ।

मंगलवार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो ।

अत्याधिक गर्मीका कारण सडकहरु चिरा परेका छन् ।

Pressure Cooker Heatwave

मानिसहरुले अण्डालाई फुटाएर बाहिर राखेको केडी बेरमै अम्लेट बनेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

Pressure Cooker Heatwave

Pressure Cooker Heatwave

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?