काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कूल संख्या ६ लाख ३८ हजार ८ सय ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ६८ परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । यसअघि मंगलवार २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार १ सय १२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ ।
नेपालमा हाल ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया