इटाली पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने उमेश रेग्मी पक्राउ

लोकपथ
308
Shares

काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-७ का ३६ वर्षीय उमेश रेग्मी रहेका छन् ।

उनले रामेछापका सौगात सुनुवारसमेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिन्छु भन्ने प्रलोभनमा पारी जनही १० लाख ५० हजारका दरले ३१ लाख ५० हजार लिई अजरबैजानसम्म पुर्‍याएर बिचल्ली बनाई फरार रहेका रेग्मीलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

साथै उमेशले विभिन्न व्यक्तिहरुलाई वर्किङ भिषामा युरोपियन मुलुक पठाइदिन्छु भन्दै करिब १ करोड रुपैँया ठगी गरेकोसमेत खुल्न आएपछि उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?