इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

लोकपथ
63
Shares

काठमाडौं । इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स ९युएई० मा आएका छन् ।

खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुगेका हुन् । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन् ।
दुई दिने औपचारिक भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्ने विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गर्ने छन्। दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ ।

येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन् ।

इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?