नयाँ सिजनमा कपिलले एक हप्ताको एक करोड पारिश्रमिक लिने

लोकपथ
3.2k
Shares

काठमाडौं । छिट्टै दी कपिल शर्मा शोको कमब्याक हुँदै छ । शोको शुटिङ्गको काम पनि सकिएको कपिलले जानकारी दिएका छन् ।

नयाँ सिजनमा कपिलले आफ्नो पारिश्रमीक पनि बढाउने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कपिलले नयाँ सिजनमा एक हप्ताको १ करोड लिने भएका छन् । एक हप्तामा दुई शो रिलिज हुने गरेको छ । पछिल्लो सिजनमा एक हप्ताको कपिलले ६० लाख लिने गरेका थिए ।

सो रकम बढाएर कपिलले एक करोड बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?