यी हुन् एमालेमा थपिएका ८ स्थायी कमिटी सदस्यहरु (नामावलीसहित)

लोकपथ
490
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा थप ८ जना थप भएका छन् । आज बालुवाटारमा बसेको एमाले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको १०औँ बैठकले पूर्वमाओवादीका ४ सहित ८ जनालाई मनोनित गरेको हो ।

आजको बैठकले नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, मणी थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाल थप भएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । अब योसँगै एमालेको स्थायी कमिटी सदस्य संख्या ३० पुगेको छ ।

त्यसमा बादल, भट्ट, थापा र रायमाझी पूर्व माओवादीका हुन हुन भने । महासेठ, पन्त, रिमाल र भुसाल भने २०७५ जेठ २ गतेपछि एमाले र माओवादी केन्द्रबीच एकता हुँदा स्थायी कमिटीमा मनोनित भएका थिए ।

त्यस्तै पार्टीलाई एकतावद्ध बनाउनका लागि उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय समेत आजको बैठकले गरेको छ । साथै रुपान्तरितक कमिटीको बैठक आगामी असार १८ गते शुक्रवारका लागि बोलाइएको छ ।

यसैगरी आयोजक कमिटी खारेज भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जनालाई गरिएको कारवाही समेत निष्क्रिय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?