वरिष्ठ नेता पौडेल र उपसभापति निधिबीच भेट

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

यसैक्रममा आज वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच भेटघाट भएको छ ।

आज बिहान पौडेललाई भेट्न निधि पौडेल निवास बोहोराटार पुगेका हुन् ।

आजको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशन केन्द्रीत कुराकानी भएको बताइएको छ ।

मंगलवार महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग महाधिवेशनबारे छलफल गर्न केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको भोलिपल्ट निधि पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।

आजको भेटघाटमा निधिले पौडेललाई महाधिवेशनमा सभापतिको रुपमा तयारी थाल्न सुझाव दिएका थिए । पौडेलले भने आफू महाधिवेशनलाई स्वच्छ र निष्पक्ष बनाउने तरिकाले लागिपरेको जवाफ फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?