काठमाडौं । पर्सामा ४० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् ।
मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पिठ्यूँमा बोकेर ल्याएको ३ वटा बोराभित्र लागू औषध गाँजा ४० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया