काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजबाट प्रधानमन्त्री केपी शर्मा ओलीको निजी वकिलहरुको बहस शुरु भएको छ ।
आज महान्यायाधिवक्ता कार्यालयका कानून व्यवसायीहरुको बहस सकिएसँगै प्रधानमन्त्रीका निजी वकिलहरुको बहस शुरु भएको हो ।
सर्वोच्चको संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी वकिलको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस शुरु गरेका हुन् ।
यसअघि आज ४ सहमहान्यायाधिवक्ताहरुले बहस गरेका थिए ।
सहमहान्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, खेमराज ज्ञवाली र लोकराज पराजुलीले बहस गरेका हुन् । बसहका क्रममा सह महान्यायाधिवक्ता रिजालले अहिलेको अवस्थामा राष्ट्रपतिको निर्णय मानेर अघि बढ्नुपर्ने जिकिर गरेका थिए ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा पक्ष विपक्षका लागि १५/१५ घण्टाको समय दिइएकोमा आइतवारबाट रिट निवेकद पक्षको बहस सकिएको थियो । सोमवारबाट शुरु भएको सरकारी पक्षको बहसमा ७ घण्टा महान्यायाधिवक्ता कार्यालय र ७ घण्टा प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख पक्षका कानून व्यवसायीहरुलाई समय छुट्टयाइएको थियो ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा गत बुधवार अर्थात असार ९ गतेबाट सर्वोच्चको संवैधानिक इजलासमा बहस निरन्तर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया