काठमाडौं । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९ बल्मी बस्ने ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मंगलवार साँझ मृत्यु भएको छ ।
आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको पद्मा अस्पातल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया