१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । झापामा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ बस्ने २७ वर्षीय देव मुर्मुलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।

मुर्मुले ती किशोरीलाई शुक्रवार बेलुका बिर्तामोड नगरपालिका-७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?