ब्राउन सुगरसहित ३ जना पक्राउ

लोकपथ
189
Shares

विराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।

झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका-५ घर भई शिवसताक्षी नगरपालिका-९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो ।

मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।

यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका-८ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान-१५ का ४१ बर्षीय आईतराज लिम्बनुलाई तिन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?