काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा शुरु भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरि शुरु भएको हो ।
आजको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउनेबारे निर्णय गर्ने बुझिएको छ ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बोलाइए पनि उनीहरु सहभागी हुने छैनन् ।
आजको बैठकले उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया