पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहार भयो : सभामुख सापकोटा (विज्ञप्तिसहित)

लोकपथ
98
Shares

काठमाडौं । सभामुख अगिनप्रसाद सापकोटाले संविधान कार्यान्वयनका क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् ।

बुधवार संसद दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको पनि बताएका छन् ।

‘संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ’, सभामुख सापकोटको भनाइ छ ।

वि सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।

यस बर्ष भने संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट बेहोरिहनु परेको सभामुख सापकोटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?