काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत प्राय विवादमा तानिएकी हुन्छिन् । कहिले ट्वीटरका कारण त कहिले फ्यानहरुको कारण ।
पछिल्लो समय कंगना आफ्नो पासपोर्टका कारण तनाबमा थिइन् । उनले आफ्नो पासपोर्ट पाएकी छिन् । पासपोर्ट पाएको खुशी उनले आफ्नो सफल्म धाकडको डायरेक्टर रजनीश घईसँग एक फोटो अपलोड गरेर बताएकी छिन् ।
तस्वीर अपलोड गर्दै कंगनाले लेखेकी छिन् -“मैले मेरो पासपोर्ट पाए । सबैलाई धन्यवाद ।”
कंगनाको के हो पासपोर्ट मामला ?
कंगनाले विदेशमा आफ्नो फिल्म धाकडको शुटिङ्गको लागि जाने भएपछि उनले आफ्नो पासपोर्ट रिन्यू गर्न दिएकी थिइन् ।
उनको २०२१ को सेप्टेम्बरमा सकिने वाला थियो । तर उनलाई पछिल्लो समय उनलाई देशद्रोहीको आरोप लागेका कारण पासपोर्ट अथोरिटीले रिन्यू गर्न नमानेको थियो । त्यसपछि कंगनाले बम्बे हाइकोर्टमा याचिका दिएकी थिइन् ।
उनले अहिले आफ्नो पासपोर्ट हात पारेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया