काठमाडौं । ‘वन्डर वुमन’ गैल गडोट तेस्रो पटक आमा बनेकी छिन् । गैल गडोटले आफ्नो बच्चाको तस्वीर अपलोड गर्दै सो जानकारी दिएकी हुन् ।
उनले छोरीलाई जन्म दिएकी छिन् । उनको पहिले नै दुई छोरी छन् ।
गैल गडोटलाई सामाजिक सञ्जाल इन्स्ट्राग्राममा अपलोड गरेको तस्वीरमा हजारौंले बधाई दिएका छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि उनलाई बधाई दिएकी छिन् ।
सामाजिक सञ्जाल इन्स्ट्राग्राममा वन्डर वुमनले लेखेकी छिन् “मेरो प्यारो परिवार, म धेरै आभारी छु , निकै खुशी लागेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया