एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमितिको बैठक आज बस्दैछ ।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउने निर्णय गर्दै सोही समयको केन्द्रीय कमिटी बैठक असार १८ गतेको लागि बोलाइसकेको छ ।

आजको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको आन्तरिक जीवनको सम्बन्धमा महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?