आजदेखि देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने, सर्तकता अपनाउन आग्रह

लोकपथ
154
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाको भनाई छ ।

आजदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?