युरो कप २०२० : क्वार्टर फाइनलमा को-को भिड्दै ? (तालिकासहित)

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अन्तिम १६ का सम्पूर्ण खेल समापन भएका छन्।

कुल २४ राष्ट्र सम्मिलित यस प्रतियोगितामा समूह चरणका खेल अन्त्य हुँदा ८ राष्ट्र बाहिरिए। त्यस्तै अन्तिम १६ का खेल सकिँदा अर्को ८ राष्ट्र प्रतियोगिताबाट बहिरिसकेका छन्।

अन्तिम १६ का ‘नकआउट’ खेलबाट बाहिरिने टोलीहरूमा केही ठूला तथा अप्रत्याशित नामहरू शामिल भए। चार पटक विश्वकप विजेता जर्मनी, वर्तमान विश्वकप विजेता फ्रान्स, वर्तमान युरो कप विजेता पोर्चुगल, दावेदार मानिएको टोली नेदरल्यान्ड्स जस्ता टोली अन्तिम १६ बाटै बाहिरिए।

अब युरो कप २०२० मा क्वार्टर फाइनल चरणका खेलहरु खेलिने छन्। जसमा ८ राष्ट्र प्रतिस्पर्धा गर्दै छन्। क्वार्टर फाइनल प्रवेश गरेका टोलीहरू र खेलको तालिका यस्तो रहेको छ।

जुलाई २, २०२१

१) स्विट्जरल्यान्डविरुद्ध स्पेन


नेपाली समय: बेलुकी ९:४५
स्थान: सेन्ट पिटर्सबर्ग स्टेडियम, रसिया

 

२) बेल्जियमविरुद्ध इटाली


नेपाली समय: मध्यरात १२:४५
स्थान: एलियान्ज एरेना, म्युनिख, जर्मनी

 

जुलाई ३, २०२१

३) चेक गणतन्त्रविरुद्ध डेनमार्क


नेपाली समय: बेलुकी ९:४५
स्थान: ओलम्पिक स्टेडियम, बाकु, आजरबैजान

 

४) युक्रेनविरुद्ध इङ्ल्यान्ड


नेपाली समय: मध्यरात १२:४५
स्थान: ओलम्पिक स्टेडियम, रोम, इटाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?