काठमाडौं, ११ चैत । ‘बल टेम्परिङ’ विवादकाबीच अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई हटाइएको छ ।उनको स्थानमा अन्तरिम कप्तानमा टिम पेनलाई ल्याइएको छ । दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए ।बल टेम्परिङबारे पूर्व जानकारी आफूसहित लिडरसिप टिमलाई रहेको स्मिथले बताएका थिए ।बल टेम्परिङ प्रकरणका कारण अस्ट्रेलियन क्रिकेटको तिव्र आलोचना भइरहेको छ । सो प्रकरणको क्रिकेट अष्ट्रेलियाले अनुसन्धान सुरु गरेको छ ।क्रिकेट अष्ट्रेलियाका सीईओ जेम्स सदरल्याण्डले भनेका छन्, ‘छलफलमा स्मिथ र वार्नर कप्तान र उपकप्तानको जिम्मेवारी त्याग्न तयार भएका छन् ।’दक्षिण अफ्रिकाविरुद्धका बाँकी खेलमा स्मिथ र वार्नर दुवैजना टिम पेनको कप्तानीमा मैदानमा उत्रिनेछन् । उनीहरुमाथि कस्तो कारबाही गर्ने भन्नेबारेमा अनुसन्धान भने जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया