विपन्न परिवारलाई खाद्यान्न वितरण

लोकपथ
49
Shares

डोटी । डोटीको सायल गाउँपालिका वडा नं –४ र ५ का कोरोनाका कारण समस्यामा परेका करीब १०० जना विपन्न परिवारलाई आज राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।

सामुदायिक विकास केन्द्र डोटी तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समावेसी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रम अन्तर्गत कोभिड – १९ को महामारीबाट प्रभावित भएका परिवारलाई खाद्यान्न वितरण गरिएको केन्द्रका अध्यक्ष हेमराज जोशीले जानकारी दिए । उनका अनुसार राहत पाउनेमा आर्थिक अवस्था कमजोर भएका, दैनिक ज्याला मजदुरी गर्ने, दलित, एकल महिला, अपाङ्गता भएका महिला तथा बालबालिका, जोखीममा परेका तथा गर्भवती तथा स्थनपान गराउने महिला रहेका छन् ।

उनीहरुलाई प्रति व्यक्ति ३० केजी चामल, तीन केजी दाल, दुई लिटर तेल, दुई किलो नुन, दुइ किलो चिनी र साबुन वितरण गरिएको संस्थाले जनाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमेका र साझ बिहान हातमुख समेत जोर्न समस्यामा परेका पालिकाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको जोशीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?