एमाले स्थायी कमिटी बैठक : महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय

लोकपथ
133
Shares

काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई २०७५ जेठ २ को अवस्थामा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले २०७५ जेठ २ गतेको अवस्थामा रहेको केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय पनि गरेको छ ।
एमालेको यो निर्णय सँगै बरिष्ठ नेता माधव नेपाल पक्षलाई बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?