हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो पटक एकीकृत प्रेस शिविर शुरु भएको छ ।
जिल्लामा कार्यरत पत्रकारका लागि सूचना तथा सञ्चार विभागले वितरण गर्ने प्रेस पास वितरणसहित पत्रकारिता क्षेत्रका विविध विषयमा छलफल गर्न शिविर शुरु भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले जानकारी दिए ।
शाखाको आयोजना एवं कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना तथा प्रसारण विभागको सहकार्यमा आजदेखि तीन दिने शिविर शुरु भएको हो । आज पहिलो दिन आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले पत्रकारहरुसँगको परामर्शमा संविधान र कानूनबमोजिम प्रेसमैत्री नीति कार्यान्वयन गरिने बताइन् । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गरिएको बताइन् ।
कार्यक्रमका लागि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, समितिका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, विभागका भरत गौतम, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया