काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ११ हजार ७ सय ४८ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण कुल ९ हजार ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु भएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल थपिएका संक्रमितको तुलनामा १ हजार ७ सय १२ बढी हो । योसँग नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितको ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया