काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा सबैको चाहाना पार्टी राम्रोसँग सञ्चालन हुनुपर्ने र प्रजातान्त्रिक तवरले सञ्चालन गर्नुपर्ने रहेको भन्दै छलफलको दायरा बढाउनको निम्ति केन्द्रीय सदस्यसँग बैठक गर्न लागिएको बताएका छन् ।
आज बसेको नेतात्रयको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता सिंहले सो कुरा बताएका हुन् ।
उनले १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका नेताहरुसँग पनि अलग्गै छलफल गर्ने जानकारी दिए । उनले भने– ‘सबैको चाहाना के छ भन्दा पार्टी राम्रोसँग सञ्चालन हुनुपर्यो। डेमोक्रेटिक तवरले भन्ने छ । यसमा तिनजना मात्रै होइन, छलफलको दायरालाई अलि विस्तारित गर्नुपर्यो र आउने शुक्रवारको दिनमा हाम्रो महामन्त्री डा. शशांक कोइरालाजीको टोखा निवासमा हाम्रो पार्टीको सबै केन्द्रीय सदस्यज्यूहरुलाई निमन्त्रणा गर्ने र १३ औँ महाधिवेशनमा पार्टी सभापति उम्मेदवार भएकाहरुलाई हामी ३ जनाले फेरी उहाँहरुसँग अलग्गै कुरा गर्ने ।’
तीन नेताको भेटघाटमा पाउनुपर्नेले क्रियाशिल सदस्यता पाउनुपर्ने र छानविनमा रहेका सदस्यहरुलाई आवश्यक विधि, प्रक्रिया पुरा गरेर क्रियाशिल सदस्यता दिनुपर्ने विषयमा छलफल भएको पनि उनले बताए ।
आजको भेटमा नेतात्रय विमलेन्द्र निधि, शशांक कोईराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका हुन् ।
आज नेता सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रवार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया