वाम तालमेलबारे पार्टीका नेतालार्इ प्रचण्डको यस्तो ‘ब्रिफिङ’

काठमाडौं, २२ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले-माओवादी पार्टी एकताको प्रस्ताव आफ्नो भएको बताएका छन् ।पार्टी एकताको प्रस्ताव एमालेको र उसले तयार पारेको मस्यौदामा माओवादीले ‘जस्ताको तस्तै’ सहमति जनाएको नभई यसपटक एमालेसँग एकताको प्रस्ताव आफैंले राखेको दाहालले खुलाए ।विकसित राजनीतिक घटनाक्रममा पोलिटब्युरो सदस्यलाई राजनीतिक प्रशिक्षण दिँदै दाहालले एकले अर्को कम्युनिस्ट पार्टीलाई निल्न नसक्ने अवस्था आएपछि राजनीतिमा एउटा तरंग दिन आफूले त्यस्तो प्रस्ताव राखेको बताए ।एमालेसँग पार्टी एकतासम्मको सहमति गर्दा पार्टीभित्र संस्थागत निर्णय नभएको र आफूहरू अन्योलमा परेको नेताहरूको गुनासो बढेपछि दाहालले पार्टी पोलिटब्युरो सदस्यसम्मलाई शनिबार काठमाडौंमा बोलाई प्रशिक्षण दिएका हुन् ।’एमालेसँग चुनावमा ६०÷४० मा तालमेलको कुरा भइरहेको थियो तर त्यसले मात्र नेपालको राजनीतिमा तरंग ल्याउँछ भन्ने मलाई लागेकै थिएन । मनमा गाँठो परिरहेकै थियो । म खुसी हुन सकिरहेको थिइनँ,’ दाहालले पार्टी नेताहरूलाई भने, ‘एक दिन एमाले नेता वामदेवसँग कुरा हुँदा तालमेल-सालमेल छाडौं पार्टी एकता गरौं भनेर हामीले भनेका हौं ।एमालेबाट सुरु भएको यो पटक होइन, यो तथ्यमा स्पष्ट हुनुहोला, यो पटक पार्टी एकताको प्रस्ताव मैले एमालेसँग राखेको हुँ ।’एमालेसँग आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्नेसम्मको विकसित घटनाक्रम पार्टी नेतालाई सविस्तार सुनाउँदै दाहालले त्यसपछि विकसित घटनाक्रममा संस्थागत छलफल र बहस नगरी आकस्मिक र आश्चर्यजनक रूपमा नेतृत्वले यस्तो निर्णय लिनुपरेको सुनाएका थिए ।उनले आफ्नो त्यस्तो प्रस्तावपछि वामदेव उत्साहित हुँदै एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव पुर्‍याएको र त्यही दिन दुई अध्यक्षबीच एक्ला-एक्लै छलफल भएर एकताको निष्र्कषमा पुगिएको बताए, अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?