काठमाडौं । बर्दियामा आफ्नै श्रीमतीले छोरासँग मिलेर श्रीमानको हत्या गरेका छिन् ।
मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरि हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया