माटोसँग खेल्दै हुर्केकी नयना (फोटोफिचर)

आज असार १५ । देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिविध कार्यक्रमको आयोजना गरिएका छन् ।

आर्थिक बर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले जनाएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।

धान दिवसको पूर्वसन्ध्यामा हामी भक्तपुरका विभिन्न ठाउँ घुम्दै मुलपानी पुग्यौं । यस वर्ष समयमै पानी परेकाले अधिकांश ठाउँमा धान रोपिसकेका रहेछन् । कतिपय ठाउँमा त धान पूरै हरियाली भएको पायौं । केही ठाउँमा भने रोपाइ चलिरहेको थियो ।

यसै क्रममा हामीले मुलपानीकी नयना कोजुलाई भेट्यौं । नयना कोजु आफ्ना परिवारलाई सघाउन रोपाइमा आएकी रहिछन् ।

काठमाडौं तिनकुनेस्थित आइएसएमटी कलेजमा स्नातक तहमा अध्ययरत उनी फुर्सदका बेला खेतवारीमा काम गर्न रुचाउँछिन् । सानैदेखि माटोसँग खेल्दै हुर्केकी उनलाई अहिले पनि खेतवारीमा काम गर्न निकै मन पर्छ । उनले भविष्यमा प्रविधि क्षेत्रमा केही गर्ने लक्ष्य लिएकी छन्। उनको रमाइलो रोपाइलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

तस्विर : राजेश/लोकपथ

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?