काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
आजको बैठकमा १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकको एजेण्डाका विषयमा छलफल हुनेछ ।
त्यसै विषयमा प्रतिक्रिया दिँदै नेता तामाङले भने- “भोलि बस्ने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकको एजेण्डा तय गर्नका लागि आज बैठक बस्न लागेको हो ।”
बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
यसअघि आइतवार बसेको बैठकले भोलिका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया