काठमाडौं । नेकपा एमालेका नेता तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न सरकार बाधक बनेको बताएका छन् ।
उनले मंगलवार असार १५ को अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुले नेपालको निर्वाहमुखी कृषि कार्यलाई आधुनिनिकीकरण गर्दै कृषिको औद्योगिकरण गर्नुपर्ने मान्यता राखेको भएपनि सरकारका कामहरु त्यस दिशा तर्फ अग्रसर हुनका निम्ति बाधक बनेको बताएका हुन् ।
उनले नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिनु नहुने आफुहरुको कुरा भएपनि सरकारले कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गराएर नेपाली किसानलाई बेरोजगार र घरबारबिहिन बनाउन लागेको बताए । ‘नेपाल सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनको लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकुल बनाइदिएको छ ।’ गौतमले भने, ‘यो कार्यले नेपाली किसानलाई पूर्णत बेरोजगार र घरबारबिहिन बनाउने छ ।’
गौतमले सरकारले निश्चित व्यापारिक घरानालाई पोस्नेगरी करार खेती भित्राउने काम गरेको आरोप पनि लगाए । उनले सरकारले अघि सारेका किसान र कृषि क्षेत्र विरोधी सम्पूर्ण गतिविधि सच्याउन अनुरोध समेत गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया