काठमाडौँ, ११ चैत । चक्रपथ सरसफाइ अभियानमा विशेष योगदान पुर्याएको भन्दै महानगरीय प्रहरी पभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक प्रताप पौडेल सम्मानित भएका छन् । उनलाई शनिबार ग्रिनसिटी अस्पतालले सम्मान गरेको हो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समेत पौडेललाई सम्मान गरेका थिए ।पौडेलले विगत ४ महिनादेखि नयाँ बसपार्क प्रभागको जिम्मेवारी सम्हालेका थिए ।उनले उपराध मुक्त, बसपार्क निर्माण गर्न बसपार्क क्षेत्र वरपर रहेका फटपाथ पसल हटाउने देखि घरेलु मदिरा बरामद गरी नष्ट गर्ने, जथाभावी पार्र्किङ गरिराखेको सवारी साधनका साथै राती अबेरसम्म सञ्चालन हुने होटल तथा रेष्टुरेन्टलाई बन्द गर्ने लगायतका कामहरु गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया