टप १५ हेडलाइन्स् : आज दिनभर के-के गतिविधिहरु भए ? (भिडियोसहित)

लोकपथ
126
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ६ सय ४० परिक्षणमा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त, ४२ जनाको मृत्यु

२. प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजबाट सरकारी पक्षको बहस शुरु, महान्यायाधिवक्ताको ३ घण्टे लामो बहस, अब १२ घण्टा बाँकी, भोलिपनि सुनुवाइ निरन्तर

३. ओली र नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि ७५ जेठ २ गते अघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने नेकपा एमालेको तयारी, विवाद मिलाउन ओली र नेपाल दुवैलाई आआफ्ना समूहका नेताद्वारा निरन्तर दवाब

४. कांग्रेस प्रचण्डपथमा हिडेको प्रधानमन्त्री ओलीको टिप्पणी, मदन भण्डारीको जन्मजयन्तीमा नाथुराम गोड्सेको प्रसंग निकाल्दै प्रश्न गरे, अदालत भित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भईरहँदा न्यायाधीश किन मौन बसेको ?

५. कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्न नेता नेपालको आव्हान, सांगठनिक बेथितिको अन्त्य गर्नका लागि एमाले, सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन अनुरोध

६. राष्ट्रपतिले विपक्षी गठबन्धनको इज्जत जोगाइदिएको महान्यायाधिवक्ताको जिकिर, प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले दाबी गरेको पत्रमा केरमेट रहेको जिकीर

७. काठमाडौंमा कोरोनाको सङ्क्रमणदर १५ प्रतिशतमा झर्यो, समस्या परेका बिरामीका लागि एम्बुलेन्सको व्यवस्था भएको भन्दै महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्न अनुरोध

८. देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण हुै छाड्यो, पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण भएन, संक्रमितको संख्या घटे पनि हेलचेक्र्याइँ नगर्न विज्ञको सुझाव

९. उपत्यकामा भोलिदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन हुने, अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्न दिईने

१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले असार १७ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानलाई सुरक्षित बनाउन तयारी पूरा, विमानस्थलबाट दश मिनेटको अन्तरालमा उडान हुने

११. नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटे, बाढी प्रभावितलाई निशुल्क स्वास्थ्यसेवा शिविर सञ्चालन

१२. भारतीय जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका ३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते, गाउँ पसेर हात्तिले वितण्डा मच्चाउन थालेपछि मेचीनगरका स्थानीयबासी त्रसित

१३. कोरोना महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको संकेत गर्दै जापानले स्वास्थ्य संकटकाल लम्बिन सक्ने बतायो, मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टहरूमा कडा कदम चाल्नसक्ने

१४. भारतमा हालसम्म तीन करोड २७ लाख ९ हजार ३३१ जनामा कोरोना संक्रमण पुष्टि, तीन लाख ९६ जार ७३० जनाको मृत्यु , संक्रमण र मृत्युदर घट्दै जाँदा तेस्रो लहरको जोखिम कायमै

१५. र, युरोकप फुटबल अन्तर्गत नकआउट नचरण आज दुई खेल हुँदै, क्रोएसियालाई स्पेनको चुनौति, फ्रान्स र स्विटजरल्याण्ड आमनेसामाने हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?