ओलीको भाषाप्रति नेपालको आलोचनात्मक टिप्पणी : ‘अभिव्यक्तिहरु महत्वपूर्ण छ’ !

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु महत्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिएका छन् ।

सोमवार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राखेका हुन् ।

उनले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुशरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतवार र सोमवारका भाषणहरु रेकर्ड गरेर राख्न सुझाव दिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरुले सम्मानपुर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आएका छन् । उनले सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेतासँगै नेता नेपालको तिखो आलोचना गरेका थिए । उनले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बौलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भनी व्यंग्य गरेका हुन् ।

उनले भने-“हामी आफै संस्कृति र संस्कारको कुरा गर्छौ । हामी आफ अरुको मान सम्मानको कुरा गर्छौ । तर हामी आफै त्यस्तो गर्छौ । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईहरु सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरु ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ । पोजेटिभ सिकौ या नेगेटिभ सिकौ । सिक्नु चाहीँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?