२२ जेष्ठ २०८०, सोमवार

ओली र प्रचण्डले मोदीलाई देखाइदिए

२०७४,आश्विन,२२,आईतवार ०१:२५

0
Shares

नयाँदिल्ली, २२ असोज- नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ठूलो ‘सरप्राइज’ दिएको छ । नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेरेको छ । वाम एकतालाई लिएर नेपाली राजनीति तरंगित भएको छ ।बदलिएको यो राजनीतिक ध्रुवीकरण भएपछि दिल्ली एक्कासि झस्कियो । यसको पछाडि दुई प्रमुख कारण रहेका छन् । पहिलो, एक्कासि भएको यो परिवर्तनमा चीनको हात रहेको आशंका भारतको छ । दोस्रो, आफ्नै सहयोग र समर्थनको सरकारमा संलग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वामपन्थी एकतातर्फको ‘मुभ’ले दिल्ली आश्चर्यचकित छ ।हुनत दाहालको पछिल्लो क्रियाकलापबारे दिल्ली एकदमै अनभिज्ञ पनि होइन । अगस्टमा प्रोस्टेटको अपरेसनपछि आराम गरिरहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य स्थिति बुझ्न गएका दाहालले भेटेर बाहिरिएलगत्तै भट्टराईले आफूसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री देउवाले भारत आउँदा संविधान संशोधनसम्बन्धमा बोलेको विषयमा देउवासँग असन्तुष्ट दाहालले एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल तीव्र बनाएका थिए । दिल्लीले यसलाई नजिकबाट नियालिरहेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१