मोबाइल फोन चोरी हुने बित्तिकै गर्नुहोस् यी दुई काम, नत्र हुनसक्छ बैंक एकाउन्ट खाली !

लोकपथ
4.6k
Shares

काठमाडौं । स्मार्ट फोन आजभोली मानिसको जीवनमा अत्यावशेक वस्तु बनिसकेको छ । स्माटफोनमा हाम्रा सम्पूण जानकारी रहेको हुन्छ ।

फोनमा अनलाइन बैंकिङ्ग डिटेलका साथसाथै मोबाइल वालेट पनि हुने गरेको छ । हामीले सामाजिक सञ्जालमा धेरै देखिरहेका हुन्छौं कि फोन हराएपछि धेरै जनाको बैंक एकाउन्टबाट पैसासमेत गायब भएका छन् ।

Phone

मोबाइल हराएपछि बैकिङ्ग फ्रडबाट बाँच्न के गर्ने ?

सर्वप्रथम, फोन हाराए वा चोरी भएपछि टेलिकमलाई फोन गरेर आफ्नो सिमकार्ड हराएको जानकारी दिनुहोस् र सिम डिएक्टीभेट गर्न लगाउनुहोस् ।

यसो गर्नाले तपाँइको बैंकको फाइनेंशियल ओटीपीको एक्सेस चोरले पत्ता लगाउन सकिदैन् ।

Phone

दोस्रो, फोन चोरी भएको थाँहा भएपछि तत्काल आफ्नो बैंकलाई फोन गरेर अनलाईन बैंकिङ्ग सेवा बन्द गराउनुहोस् । यसो गर्नु भयो भने तपाइको मोबाइलबाट बैंकिङ्ग कारोबार बन्द हुन्छ ।

साथै, मोबाइलमा चलाउने गरेका फेसबुक, इन्स्ट्राग्राम, इमेल आदि सबैको पासवर्ड चेन्ज गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?