काठमाडौं । सरकारले छोटो दुरीको सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीको ध्यानकर्षण भएको छ ।
व्यवसायीले सरकारले एकतर्फी रुपमा छोटो दुरीको मात्रै यातायात संचालन गर्ने निर्णय गरेको भन्दै सम्पूर्ण यातायात क्षेत्रको ध्यानाकर्षण भएको व्यवसायीले जनाएका छन । यातायात व्यवसायी राष्ट्रिय महासंघ,नेपाल यातायात मजदुर संघ,अखिल नेपाल मजदुर संघ र नेपाल यातायात स्वतन्त्र संगठनले सामूहिक रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयले ध्यानाकर्षण भएको जनाएका हुन् ।
साथै व्यवसायीले आफ्नो निर्णय सच्याउन पनि सरकारसँग माग गरेका छन् । सरकारले निर्णय नसच्याए असार १८ गतेदेखि देशैभरीका सम्पूर्ण सार्वजनिक यातायात संचालन गर्ने चेतावनी दिएका छन् ।
व्यवसायीले देशैभरीका लमो,छोटो तथा मध्यम दुरीका सार्वजनिक संचालन गर्न माग गरेका छन् । त्यसैगरी,२०६९ सालदेखि सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर समायोजन हुन नसकेको भन्दै तत्का समायोजन गर्न माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया